नदीपुरमा क्लबस्तरीय भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी
पाेखरा | भदौ २२, २०७९
पोखरा : पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा छैटौं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बुधबार) देखि क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलबाट आयोजक टोलीले घलेल युवा क्लबलाई पराजित गर्दे सुखद सुरुवात गरेको छ ।

आयोजकले घलेल युवा क्लबलाई २५–१३, १९– २५ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार अर्को खेलमा नेपाल प्रहरी प्रशिक्षण केन्द्र पोखराले भुक देउराली क्लब पर्वतलाई १७–२५, २५–२१ र २५–१७ को अंकसहित २–१ सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो ।

नवौं राष्ट्रिय खेलकुदको प्रर्वद्धनमा सघाउ पुर्याउछः राखेप सदस्य गुरुङ
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले नवौं राष्ट्रिय खेलकुदको प्रर्वद्धन गर्ने धारणा राखे । ‘आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा ३९ वर्षपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ, उनले भने, ‘त्यो प्रतियोगिताको लागि यस खेलले प्रर्वद्धन गर्न सघाउ पुर्याउनेछ ।’
उनले पछिल्लो समय भलिबल खेलको विकास भएको बताउदै स्थानीय स्तरको खेलाडी उत्पादन टेवा पुग्ने बताए । ‘यस्तो खालको प्रतियोगिताहरु भयो भने उदीयमान खेलाडीहरुले आफ्नो खेल कौशल देखाउन मौका पाउँछन् र माथिल्लो स्तरको प्रतियोगिता सम्म खेल्ने हैसियत बनाउँछन् त्यसैले प्रतियोगिताहरु भइरहन आवश्यक छ ।’ उनले भने ।
उनले आवश्यक परेको खण्डमा रंगशालमा निर्मित बहुउद्देश्य कभर्ड हल प्रयोग गर्न सक्नेसमेत बताए । ‘तपाइहरुले अरुबेला पनि केही खेलहरु आयोजना गर्नुहुन्छ भने । रंगशालामा कभर्ड हल बनेको छ, गुरुङले भने, ‘घामपानी केहीको पनि पिरलो हुँदैन । त्यसको प्रयोग गर्न चाहनुभयो भने हामीलाई सम्पर्क गनुस् । सहजै उपलब्ध गराउनेछौं ।’
उनले आयोजक संस्थालाई आगामी दिनमासमेत सहयोग गर्ने बताउदै उक्त प्रतियोगिताका लागि ३० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

क्लबका अध्यक्षका कुशल प्रसाद छन्त्यालका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष छन्त्यालले जानकारी दिए ।
उक्त प्रतियोगितामा पुरुषतर्फ कुल २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

